एक जना महिलाको विवाह भएको दुई महिना नकट्दै गर्भ रह्यो । नियमित गर्भ परीक्षण गराउन नसके पनि पहिलो गर्भ राम्रो भयो । घर नजिकै एक अस्पतालमा शल्यक्रिया (सिजरियन) गरी पहिलो सन्तानका रूपमा लक्ष्मी भिœयाउन उनी सफल भइन् । छोरी राम्री थिइन् । तर, सात महिना नकट्दै ती महिलामा अर्को गर्भ रह्यो । सुरुमा त छोरीलाई दूध खुवाइरहेकीले महिनावारी रोकियो होला भन्ने उनलाई लागेको रहेछ । तर पछि पेट दुख्न थालेपछि भिडियो एक्स–रे गर्दा गर्भ ठहरियो । सात–आठ महिनाअघि मात्रै शल्यक्रिया गरी प्रसव भएकाले तत्कालै अर्को शिशु पाउने चाहना ती महिलाको थिएन, तर गर्भ रहिहाल्यो । त्यसपछि पाइहाल्ने सोच बनाइन् । यो अवस्थामा पाउनु ठीक होला÷नहोला भनेर डाक्टरस“ग सल्लाह गर्न पनि तिनले उपयुक्त ठानिनन् ।
गर्भको भ्रूण बढ्दै गयो । सुत्केरी अवस्थामा राम्रो स्याहार नपाएकी अनि फेरि अर्को गर्भ । यस्तो अवस्थामा स्वास्थ्य राम्रो हुने कुरै भएन । केही समस्या पर्दा चिकित्सकस“ग सल्लाह लिन गा¥हो मानी स्थानीय औषधि पसलमा २–४गोली (ट्याब्लेट) खाएर टार्न खोज्ने उनको बानी थियो । एक दिन दिउ“सोतिर पेट दुख्न थाल्यो । पीडा धेरै भएपछि औषधि किनेर खाइन् । तर दुखाइ कम भएन । दुखाइ बढ्दै गयो अनि अलअलि रक्तस्राव पनि हुन थाल्यो । पसलमा फेरि औषधि किन्न गइन् । तर, बिक्रेताले औषधि दिएनन्, उनलाई भिडियो एक्स–रे गर्न लगाए । भिडियो एक्स–रे गर्दा सबैको होस उड्यो । उनकाश्रीमान्का आ“खा रसाए । ती महिलाको पाठेघर फुटेको रहेछ र गर्भको भ्रुण पनि पाठेघरबाहिर आएको रहेछ । उनलाई तत्कालै अस्पताल लैजाने सल्लाह भयो । महिलालाई विराटनगर ल्याइयो । करिब १० बजे राति तिनी अस्पताल पुगेको हुनुपर्छ । आउ“दा उनी बेहोस थिइन् । रगत मगाएर शल्यक्रिया गरी उनलाई र उनको पाठेघर दुवै जोगाउन चिकित्सक सफल भए ।
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । एउटा शिशु पाएपछि अर्को शिशुको योजना कहिले बनाउने वा जन्मान्तर कति गर्ने भन्ने बारेमा अधिकांश नेपाली दम्पतीले सल्लाह गर्ने गरेको पाइ“दैन । जागिरे र व्यस्त रहने दम्पतीले सुरुमा अर्को सन्तानको चाहना नै नगर्ने र धेरै जन्मान्तर हुने गरेको पाइन्छ । फुर्सदमा रहेका दम्पतीहरूको अर्को गर्भ निकै चा“डै रहने गरेको पाइन्छ । तर, उपयुक्त जन्मान्तर कति हो ? भन्नेमा स्वास्थ्य परामर्श जरुरी हुन्छ । विगतमा एउटा नारा नै थियो, ‘दोस्रो बच्चा कहिले, पहिलो स्कुल जान्छ जहिले ।’ अर्थात् पहिलो बच्चा हुर्किसकेपछि मात्र दोस्रो बच्चा जन्माउनुपर्छ भन्ने थियो । महिलाको प्रजनन् स्वास्थ्य, परिवारको आर्थिक व्यवस्थापन, बच्चाको सामाजिक जीवनले सबैलाई बराबरी जन्मान्तर नचाहिन सक्छ । सन् २०११ डिसेम्बरदेखि २०१२ नोभेम्बरसम्म कास्की जिल्लामा ७०१ गर्भवती महिलामा गरिएको एक अध्ययनले ३९ प्रतिशत महिला विवाहको वर्षदिन नपुग्दै बच्चालाई जन्म दिने तथा २३ प्रतिशत महिलाले दुई वर्षभन्दा कम जन्मान्तर राखेको देखाएको थियो ।
सन्तान जन्माउँदा महिलाले आफ्ना सन्तानका साथै आफ्नो उमेर पनि ख्याल गर्नुपर्छ । गर्भधारणका लागि २० वर्षपछि र ३५ वर्षअघिको समय उपयुक्त हुन्छ । २० वर्षपछिको उमेर स्वास्थ्यको दृष्टिले मात्र नभएर आर्थिक एवं सामाजिक दृष्टिले पनि उपयुक्त हुन्छ । यसबेला महिलाले प्रजनन् स्वास्थ्य, प्रजनन् अधिकारबारे पनि बुझिसकेका हुन्छन् । महिलाहरूको प्रजनन् स्वास्थ्यको कोणबाट हेर्ने हो भने २० वर्षपछि उनीहरू आमा बन्न योग्य हुन्छन् । यद्यपि पढाइ, करिअर र अन्य जिम्मेवारीका कारण यही उमेरमा विवाह हुन्छ वा गर्भधारण हुन्छ भन्ने हुँदैन । ३० वर्ष नबित्दै विवाह गरेकी महिलाले कम्तीमा तीन वर्षको अन्तरमा बच्चा जन्माउन उपयुक्त हुन्छ ।
पहिलो सन्तान जन्मिएको दोस्रो वर्षमा दम्पतीले अर्को बच्चाका लागि योजना बनाउनु उचित हुन्छ । पछिल्लो समय बच्चाहरूलाई अढाइ–तीन वर्षमा विद्यालय पठाइन्छ । त्यसैले पहिलो बच्चा विद्यालय जान थालेपछि दोस्रो बच्चा जन्माउनु भनिएको तर्क स्वास्थ्यको दृष्टिकोणले उपयुक्त छ । तर जन्मान्तरबारेमा सामाजिक, मानसिक एवं व्यावहारिक दृष्टिले विचार गर्नुपर्छ । जन्मान्तर दुई वर्षभन्दा कम भएमा आमामा रक्तअल्पता, उच्च रक्तचाप, रक्तस्रावजस्ता समस्या देखिन सक्छन् भने कम उमेर (गर्भको अवधि नपुग्दै) मा शिशु जन्मिने, शिशुको तौल कम हुने, शिशुको वृद्धि विकासमा कमी हुने तथा शिशु मृत्युदर उच्च भएको अध्ययनले देखाएको छ ।