नेपालगन्ज उपमहानगरको नीति: अत्यावश्यक औषधीहरु स्वास्थ्य संस्थाहरुबाट वर्ष भरिनै नि:शुल्क

    • स्वास्थ्य पेज

  • ९ असार २०८०, शनिबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले नेपाल सरकारद्वारा सूचिकृत गरिएका अत्यावश्यक औषधीहरु स्वास्थ्य संस्थाहरुबाट वर्ष भरिनै नि:शुल्क रुपमा उपलब्ध हुने व्यवस्थाको सुनिश्रित गरिने निति लिएको छ ।

शनिवार उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो निति लिएको जनाएको हो । उपमहानगरपालिकाको १३ औं नगर अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अत्यावश्कीय स्वास्थ्य सेवाप्रदान गर्न स्वास्थ्य श्रेत्रको अल्पकालिन र दिर्घकालिन कार्य बनाई कार्यान्वयन गरिने निति लिएको बताउनुभएको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको विद्यमान स्वास्थ्य निती अनुसार आगामी २ वर्षभित्र १५ सैयाको आधारभुत अस्पताल संचालनको लागी प्रदेश तथा संघिय सरकारसँग आवश्यक समन्वय गरिने नीति लिईएको छ ।

 

  • ९ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech