नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १३ औं नगर अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्यतर्फ १४ वटा बुँदा समेटेको छ । उपमहानगरपालिकालाई योगमैत्री नगरको रुपमा रुपान्तरण गरिने नीति लिइएको छ । व्यवहार परिवर्तन, खानपान, योगा, व्यायम, स्वास्थ्य, शिक्षा तथा प्रचारप्रसार कार्यक्रमका माध्यमबाट जीवनशैली परिवर्तन गरी नेपालगन्ज उपमहानगरपालिकालाई योगमैत्री नगरको रुपमा रुपान्तरण गरिने नीति लिइएको हो ।
त्यस्तै उपमहानगरपालिकाबाट एम्वुलेन्स संचालन गर्ने सेवा प्रदायकसँगको समन्वयमा गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा आकास्मिक बिरामीहरुलाई निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइने, सीमानाका जमुनाहमा हेल्थ डेक्स संचालन गरि सरुवाजन्य रोगको रोकथाम निरागनी र व्यवस्थापन गर्ने नीति पनि उपमहानगरपालिकाले लिएको छ ।
प्राथमिकताका आधारमा गर्भवती जाँचमा वृद्धि गरी पोषणयुक्त खाना तथा २४ घण्टे प्रसूति सेवलाई विस्तार तथा सुदृढिकरण गरिने छ ।
यस्ता छन् उपमहानगरपालिकाले स्वास्थ्य सम्वन्धी लिएका नीति :