थोपा प्रयोगशालामा ४६ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • ३ असार २०८०, आईतवार

नेपालगन्ज: थोपा प्रयोगशाला \ मलमपट्टी क्लिनिक्सले आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालगन्ज-१० स्थित थोपा भवनमा आयोजना गरिएको रक्तदानमा ४६ जनाले रक्तदान गरेको प्रयोगशालाका प्रमुख कार्यकारी अधिकृत सुलभ आचार्यले जानकारी दिनुभयो ।

नेपालगन्ज रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा आयोजित रक्तदानमा चिकित्सक, प्रयोगशालाकर्मी, नर्सिङ स्टाफ, संचारकर्मी, शिक्षक सहित विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले रक्तदान गर्नु भएको आचार्यले बताउनुभयो ।

कुनै पनि बिरामी रगत अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको पनि उहाँको भनाइ छ । थोपा प्रयोगशाला \ मलमपट्टी किल्निक्स स्थापनाको आज एक वर्ष पूरा भएको छ ।

  • ३ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech