स्वास्थ्यकर्मीलाई परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचनाबारे अपडेट गराउँदै कोहलपुर

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०८०, बुधबार

नेपालगन्ज: कोहलपुर नगरपालिकाको कोभिड-१९ भ्याक्सिनको डिजिटाइजेशन तथा क्यु.आर.कोड प्रमाणीकरण सम्बन्धी तीन दिने तालिम आज सकिएको छ ।

कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित तालिममा परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचनाबारे अपडेट गराइ प्रतिवेदनलाई सहज बनाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधार र सेवा प्रबाहलाई सेवामैत्री बनाउने गरि काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा तथ्यांक संकलनलाई व्यवस्थित बनाउने सवालमा तालिम उपयोगी भएको बिश्वास व्यक्त गर्नुभयो ।

यस्तै स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले तथ्यांकलाई भरपर्दो र विश्वसनिय बनाउन पनि तालिम उपयोगी भएको बताउनुभयो । यसैगरी तालिममा सहभागी सिनियर अनमी निरीक्षक राधिका गैरेले तालिमपछि तथ्यांक संकलन, त्यसको व्यवस्थापनमा ठूलो सहजता मिलेको बताउनुभयो ।

तालिमको स्वास्थ्य कार्यालय बाँकेका तथ्यांक अधिकृत बिकल्प चौधरी, मलेरिया इनेस्पेक्टर निरीक्षक दुर्गा गौतम लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा नगरक विभिन्न स्वास्थ्य संस्था आवद्ध प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech