नेपालगन्ज: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रधानमन्त्री दाहालको सोमबार दिउँसो पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुग्नु भएको थियो ।
करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले जनाएको छ । यसैबीच प्रधानमन्त्री पत्नी सीता दाहालको पनि नर्भिकमा फलोअप चेकजाँच भएको छ । उहाँलाई चेकजाँच पछि सोमबार नै निवास लगिएको थियो । अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिनुभयो ।
सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्छ ।