स्वास्थ्य सेवा विभागको महानिर्देशकका लागि डा संगीता र डा विकासबीच रस्साकस्सी

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०८०, बुधबार

नेपालगन्जः स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न लागि स्वास्थ्य मन्त्रालयका दुई अतिरिक्त सचिव डा.संगीता मिश्रा र डा.विकास देवकोटाबीच रस्साकस्सी चलेको छ । अर्का दावेदार सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा डम्बर खड्का पत्नी वियोगमा परेपछि डा.मिश्रा र डा. देवकोटाबीच रस्साकस्सी चलेको छ ।

डिजीका लागि उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काका भाइ समेत रहनु भएका सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा. डम्वर बहादुर खड्कालाई दाबेदार रुपमा हेरिएको थियो । तर, डा. खड्काले डा.देवकोटाको नाम लिएपछि उपप्रधानमन्त्री पूर्ण बहादुर खड्का पनि सहमत हुनु भएको छ । काँग्रेस निकट डा.देवकोटालाई डिजी बनाउन स्वास्थ्यमन्त्री मोहन बस्नेत समेत सकारात्मक देखिएको बताइएको छ ।

डिजीको दौडबाट डा.खड्का ब्याक भएपनि डा.देवकोटाका लागि डा.संगीता प्रमुख चुनौती बन्नु भएको छ । उहाँले आफू डा.देवकोटाभन्दा पहिले अतिरिक्त सचिव भएको, महिला, मधेशी र कार्यसम्पादनमा पनि अब्बल रहेका कारण महानिर्देशक बन्नुपर्ने तर्क गर्दै आउनु भएको छ ।
डा.संगीतालाई विभागको महानिर्देशक बनाउनका लागि मन्त्रालयको प्रशासनिक नेतृत्वको पनि जोडबल रहेको बताइन्छ ।

  • २४ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech