बीपी प्रतिष्ठानमा पानीको चरम अभाव, एक साताका लागि पठनपाठन बन्द

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०८०, बुधबार

नेपालगन्जः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको अभाव भएको छ। पानीको अभावका कारण प्रतिष्ठानमा स्नातक तहको अध्यापन समेत एक हप्ताका लागि बन्द गरिएको छ।

प्रतिष्ठानले एक सूचना जारी गर्दै पानी अभावका कारण पठनपाठन बन्द गर्नुपरेको जानकारी दिएको छ। सूचना अनुसार बीडीएस दोस्रो वर्ष र इन्टर्न बाहेकको कक्षा मंगलबारदेखि ३० गतेसम्म बन्द गरिएको छ।

सूचना अनुसार प्रतिष्ठान र अस्पतालमा पानीको चरम अभाव देखिएपछि विद्यार्थीले लिखित निवदेन दिएका थिए। उक्त निवेदनपछि पठनपाठन एक साताका लागि बन्द गर्नुपरेको प्रतिष्ठान एकेडेमिक्सकी सहायक डीन डा भीम्मी सिंहले जारी गरेको सूचनामा भनिएको छ।

  • २४ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech