नेपालगन्जः सरकारले सबै संघीय अस्पतालहरुमा एक चिकित्सक,स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
जसका लागि सरकारले २४ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री महतले बताउनुभयो । ‘सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड विनियोजन गरिएको उहाँको भनाइ छ ।