क्षयरोग पहिचान गर्न नि:शुल्क औषधि

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः सरकारले क्षयरोग पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले क्षयरोग मुक्त अभियानका लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

क्षयरोग मुक्त अभियान अन्तर्गत रोगीहरूको पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको उहाँको भनाइ छ ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech