नेपालगन्जः सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा निस्शुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ९८ प्रकारका औषधि तथा खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रका लागि सो बजेट विनियोजन गरेको बताउनुभयो ।
मुलुकभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि र खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निस्शुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको उहाँको भनाइ छ । अर्थमन्त्री महतले सो कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने पनि बताउनुभयो ।