पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिका लक्षित एचपीभी खोपलाई विस्तार गरिने

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः सरकारले पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारको कार्यक्रमलाई विस्तार गर्दै लैजाने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त विषय उल्लेख गर्नुभयो ।

पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिका लक्षित एचपीभी खोपलाई विस्तार गरिने उहाँले बताउनुभयो ।

महिलाहरुमा देखिने पाठेघरको मुखको र स्तन क्यान्सरको निःशुल्क शिघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमश विस्तार गरिनेछ।

 

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech