नेपालगन्जः सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य उपचारका लागि सरकारले बिगतमा दिदै आएको अनुदानहरुलाई निरन्तरता दिइएको जानकारी दिनुभयो।
उहाँले स्वास्थ्य विमालाई पनि निरन्तरता दिइएको बताउनुभयो। उहाँले यो दोहोरोपन नहोस् भन्नका लागि कानुन निर्माण पनि गरिने बताउनुभयो ।