निःशुल्क स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः सरकारले विद्यालय तहका छालाहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको स्यानिटरी प्याड वितरणको कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रममा निरन्तरता दिने बताउनुभयो।

यसका निम्ति १ अर्ब ४२ करोड बिनियोजन गरेको उहाँले संसदमा जानकारी गराउनुभयो। यो कार्यक्रमबाट १० लाख छात्राहरु लाभान्वित हुने उहाँले बताउनुभयो ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech