नेपालगन्जः सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम निरन्तरता दिन ८ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेस गर्दै उक्त कुरा बताउनुभयो ।
दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने भएको छ। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने उहाँको भनाइ छ ।
यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने उहाँले जनाउनुभयो ।