जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गरिने

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गर्ने घोषणा गरेको छ।

सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्भाव्य स्थानीय तहमा गुणस्तरीय विरुवा उत्पादन र पकेट क्षेत्र विकास गर्न बजेट छुट्याइएको बताउनुभयो ।

जडीबुटीको प्रशोधन तथा सारतत्व प्रमाणित गरि निर्यात प्रवद्र्धन गर्न प्रोत्साहित गरिने उहाँको भनाइ छ ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech