काठमाडौं: सरकारले सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा नि:सन्तान उपचार सेवा विस्तार गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रजनन् स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गरिने बताउनुभएको हो ।
यस्तै उहाँले सबै पालिकाका वडामा रहेका सुत्केरी केन्द्रहरुको स्तरोन्नती गरिने समेत जनाएको छ ।