नेपालगन्जः सरकारले आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर दिने नीति ल्याएको छ।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गर्नुभएको छ । आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षामा अध्ययनको अवसर दिइने नीति तथा कार्यक्रममा भनिएको छ।
यस्तै सरकारले आधारभूत अस्पतालहरूमा एक एमडिजिपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्स, ल्याबलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण तथा सामाग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको¸ इसिजी लगायतका डाइग्नोष्टिक उपकरण, अक्सिजन सुविधासहितको एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गर्ने घोषणा गरेको छ।