काठमाडौं: अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । सरकारले आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने जनाएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक संस्था एक चिकित्सक कार्यक्रमलाई शुनिश्चितता गर्दै ओपिडी सेवाको अवधि बढाउन लागेको जानकारी दिनुभएको हो ।
त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बीमालाई थप व्यवस्थित गर्न पुनरावलोकन गर्न लागेको हो ।