नेपालगन्ज: नेपालगन्ज ग्यालरीका सदस्यहरुले नेपालगन्ज धम्बोझी चोकदेखि दक्षिणतर्फ रहेको कान्ति आरोग्य अस्पतालमा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । ग्यालरीले आफ्ना सदस्यहरुका लागि अस्पतालसँग सहकार्य सुरु गरेको यसका संस्थापक समिरमान श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य सचेतनामा अस्पताल र नेपालगन्ज ग्यालरी सँगसगै अगाडी बढ्ने सम्झौता भएको उहाँको भनाई छ । सम्झौता अनुसार चेकजाँचको लागि कान्ति आरोग्य अस्पताल जानुहुने वा उपचारका लागि भर्ना हुनुभएका नेपालगन्ज ग्यालरीका सदस्यहरुले प्रयोगशाला जाँचमा २० % छुट , एक्सरे , अल्ट्रासाउण्ड , बेड चार्ज , अपरेशन चार्जमा १०- १० % छुट र अन्य सेवाहरूमा पनि विशेष छुट प्राप्त गर्नुहुनेछ ।
कान्ति आरोग्य अस्पतालले बिशेषज्ञ सेवाहरु विस्तार गर्दै नवजात शिशु तथा बालरोग , स्त्री रोग तथा महिला क्यान्सर रोग , जनरल मेडिसिन अन्तर्गत पेट , छाती कलेजो रोग सम्बन्धी सम्पुर्ण उपचार , हाडजोर्नी , चर्म रोग , न्यूरो , रगत क्यान्सर , नाक कान घाँटी रोग , जनरल सर्जरी , एनआइसियु , पिआइसियु सेवा , सबै किसिमका खोप सेवाहरु , एम्बुलेन्स सेवा तथा चौबिसै घण्टा इमर्जेन्सी सेवा उपलब्ध गराएको छ ।
सम्झौता आदानप्रदान गर्दै कान्ति आरोग्य अस्पतालका सञ्चालक तथा बाल रोग विशेषज्ञ डा.रोमा बोरा र नेपालगन्ज ग्यालरीका संस्थापक समिरमान श्रेष्ठले स्वास्थ्यको पक्षमा गरिएको यो सहकार्यले सबैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसअघि नेपालगन्ज ग्यालरीले नेपालगन्जमा रहेको थोपा प्रयोगशालासँग समेत प्रयोगशाला जाँचमा विशेष छुट दिने गरी सम्झौता गरेको छ ।