नेपालगन्ज: अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा बाँकेका स्वास्थ्यकर्मीहरुको पहलमा नेपाल रेडक्रस सोसाइटी नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ ।अस्पतालहरुमा उपचारको लागि रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नर्सिङ सङ्घ बाँकेको आयोजनमा भएको सो रक्तदानमा भेरी अस्पतालका निमित्त मेसु डाक्टर राजन पाण्डे, अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी क्षेष्ठ, नर्स झरना केसीलगायत दर्जन बढि स्वास्थ्यकर्मि तथा चिकित्सकहरुले रक्तदान गरेका छन् । नर्सिङ प्रशासक क्षेष्ठले सहजिकरण गरेको कार्यक्रमका सहभागि स्वास्थ्यकर्मी रक्तदान नै जीवनदान भएकोले आमनागरिकले रक्तदान गर्नपर्ने बताए ।