कोभिड विश्वव्यापी स्वास्थ्य आपत्काल समाप्त भएको डब्लूएचओको घोषणा

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०८०, शुक्रबार

न्युयोर्क: कोभिड-१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) ले घोषणा गरेको छ । यो भनाईलाई महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख कदम मानिएको छ ।

यो भाइरसबारे पहिलो पटक तीन वर्षअघि उच्चतम स्तरको सतर्कता घोषणा गरिएको थियो। अधिकारीहरूले भाइरसको मृत्यु दर जनवरी २०२१ मा सबैभन्दा उच्च प्रति हप्ता १ लाखभन्दा बढी रहेकोमा गत २४ अप्रिलमा ३,५०० मा मात्र झरेको थियो। डब्ल्यूएचओका प्रमुखले महामारीमा कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताए ।

यद्यपि डा. टेड्रोस अधानोम गेब्रेयससले मृत्यु हुनेको वास्तविक तथ्याङ्क,  आधिकारिक अनुमानको झन्डै तीन गुणा बढी, ‘सम्भवतः’ २ करोड नजिक रहेको पनि सँगसँगै जिकिर गर्नु भएको छ । उहाँले भाइरस अझै एक महत्त्वपूर्ण खतरा रहेको चेतावनी पनि दिनुभयो ।

‘हिजो आपत्कालीन समितिको १५ औँ बैठकले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्कालको अन्त्यको घोषणा गर्न सिफारिस गर्‍यो। मैले त्यो सल्लाह स्वीकार गरेको छु। त्यसैले यो ठुलो आशाका साथ म कोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा अन्त्य भएको घोषणा गर्छु,’ डा टेड्रोसले भन्नुभएको छ ।

उहाँले केही समयदेखि तथ्याङ्कको विश्लेषणका आधारमा सावधानीपूर्वक विचार गरी यो  निर्णय गरेको बताउनुभयो । तर उहाँले चेतावनी दिनु भयो कि उच्च स्तरको सतर्कता हटाउनुको मतलब खतरा समाप्त भएको होइन । यदि स्थिति परिवर्तन भयो भने आपत्कालीन स्थिति पुनर्स्थापित गर्न सकिनेछ।

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech