स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत

    • स्वास्थ्य पेज

  • २० बैशाख २०८०, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त हुनु भएको छ। प्रधानमन्धी पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य मन्त्रीमा बस्नेतलाई नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालकोा सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम उहाँ सहित तीन मन्त्रीहरु नियुक्त गर्नुभएको हो ।

बस्नेतसँगै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बन्नु भएको छ ।

  • २० बैशाख २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech