नर्स अनुमा श्रेष्ठ मृत घटनामा प्रेमी डा. सुजन ढकाल पक्राउ

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०८०, मंगलवार

नेपालगन्जः वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ मृत फेला परेपछि उहाँको परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि प्रहरीले प्रेमीसमेत रहेका डाक्टरलाई पक्राउ गरेको छ। कोशी अस्पतालमा कार्यरत डाक्टर सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त बालाजुका डिएसपी मनजित कुँवरले ढकाललाई नियन्त्रणमा लिएर दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाएको बताउनुभयो । उहाँले ढकालका बुबा भने फरार रहेको जानकारी दिनुभयो ।

विवाह गर्न नमानेको भन्दै सुजनकी प्रेमिका तथा नर्स श्रेष्ठले ढकालको घरमा गएर आत्महत्या गर्नुभएको थियो । प्रेमी ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गर्नुभएको हो ।

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उहाँले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् । सुजनको घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी अनुमाबाट सुसाइड नोट समेत भेटिएको थियो।

 

  • १९ बैशाख २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech