भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०८०, शनिबार

नेपालगन्जः भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही आइतबार स्वदेश फर्कनु हुने भएको छ ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनु भएका डा.भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लाग्नुभएको हो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको उहाँ निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिनुभया । उहाँ बेलुका ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नु भएको छ। नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानुपर्नेछ ।

आगलागीमा परी सांसद डा भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनु भएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

  • १६ बैशाख २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech