नेपालगन्जः वरिष्ठ मनोचिकित्सक डा लुमेश्वर आचार्यको निधन भएको छ। ६४ वर्षीय डा आचार्यको आइतबार राती निधन भएको हो।
लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका डा आचार्यको अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको मिर्गौला फेल भएपछि हेमोडायलाइसिस गराउँदै आइरहनु भएको थियो ।
डा आचार्यले लामो समय सरकारी सेवामा रहेर काम गर्नुभएको थियो । उहाँले ११औं तहबाट अवकाश पाउनुभएको थियो ।