कोरोना संक्रमण बढ्दै गएपछि खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०८०, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा संक्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताउनुभयो ।

उहाँका अनुुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा संक्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ। सहप्रवक्ता डा अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गर्नुभएको छ ।

आइतबार ८१ संक्रमित र सक्रिय संक्रमित तीन सय ७० पुगेका छन्। नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ।

शून्यमा झरेको संक्रमण नेपाल र भारतको खुला सिमानाका कारणले संक्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो। अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन्।

 

  • ११ बैशाख २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech