नेपालगन्ज: कोभिड भाइरस संक्रमणबाट भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका फिजिसियन डा सुभाष जिसीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पतालमा लगियो थियो । उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।
उनलाई दमको पनि समस्या थियो ।