खोप लगाउन छुटेका बालबालिकाका लागि फेरि खोप अभियान सञ्चालन हुने

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०८०, शनिबार

नेपालगन्ज: नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ ।

खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि खोप लगाउन  छुटेका बालबालिकालाई नजिकको   स्वास्थ्य  संस्थामा  गइ खोप  लगाउन  मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ ।

घर छिमेकमा  कसैले  खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ । मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् ।

त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

  • ९ बैशाख २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech