नेपालगन्जः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकल सेल एनिमियाको निदानका लागि आवश्यक थप अनुसन्धानमा अन्तर्राष्ट्रिय साथ र सहयोगका लागि आग्रह गर्नुभएको छ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२औं सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले सिकलसेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनु आफ्नो दायित्व भएको बताउनुभयो ।
लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशिल संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गर्नुभयो ।