एयर एम्बुलेन्समार्फत् दिल्ली लगियो राष्ट्रपति पौडेललाई

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०८०, बुधबार

नेपालगन्जः राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उहाँको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ ।

राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । त्यसको फलोअपका लागि उहाँ सोमबार पुनः अस्पताल पुग्नुभएको थियो । त्यहाँ उहाँको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । इन्फेक्सन नघटेको पाइएपछि उहाँलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।

उहाँको उपचारमा नर्भिक अस्पतालका डा। रोशन शर्मा, दिनेश राई लगायतको टोली पनि संलग्न थियो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नर्भिक अस्पतालका चिकित्सकहरुसँग राष्ट्रपति पौडेलको स्वास्थ्यबारे परामर्श गर्नुभएको थियो ।

  • ६ बैशाख २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech