जमुनाह नाकामा ८ जनामा कोभिड संक्रमण देखियो

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८०, आईतवार

नेपालगन्जः नेपालगन्जको जमुनाह नाकामा आज ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किने नेपालीहरुमा जमुनाह नाकामा १ सय ९२ जनामा एन्टिजेन परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

बाँकेका ३ जना, दाङका २ जना, प्युठानका १ जना, जाजरकोटका १ जना र सुर्खेतका १ जना गरि २ महिला र ६ जना पुरुष गरि ८ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

केही दिन यता जमुनाहा नाकामा कोभिड जाच गर्दा संक्रमण देखिने क्रम बढिरहेको पाइएको छ । कोभिड महामारी सुरु भएयता जमुनाहा नाकामा हालसम्म एक लाख ७ हजार ८ सय ६४ जनाको कोभिड जाँच गरिएको छ ।

त्यसमा एक हजार ६ सय ७९ जनामा संक्रमण पुष्टि भैसकेको छ । पछिल्लो चरणमा नाकामा कोभिड सक्रमण देखिदै गरेको अवस्थामा आम नागरिकहरुमा स्वास्थ्य मापदण्डको नियमित पालना गर्न र स्थानिय तहबाट संचालन गरिँदै आइएको कोभिड विरुद्धको खोपको थप मात्रा लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

  • ३ बैशाख २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech