बीसीजी ७९.३ प्रतिशत र रोटा खोप ७.६ प्रतिशतसम्म खेर गयो: मलेप

    • स्वास्थ्य पेज

  • १ बैशाख २०८०, शुक्रबार

नेपालगन्ज: कुशल रुपमा सञ्चालन नहुँदा बीसीजी खोप ७९ प्रतिशतसम्म खेर गएको पाइएको छ।

महालेखा परीक्षक (मलेप)को ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो। त्यस्तै रोटा तर्फ न्यूनतम ७ दशमलव ६ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएकोले प्राप्त भएको खोपमध्ये रोटा तर्फ न्यूनतम ७.६ प्रतिशत र बीसीजी ७९.३ प्रतिशतसम्म खेर गएको देखिन्छ।’

खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्ने सुझाव दिएपनि कार्यान्वयन नभएकाले सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

  • १ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech