स्वास्थ्यमा बेथिति: बीमा बोर्डले एक करोड १५ लाखमा ७५२ वटा मोबाइल किनेर थन्कायो

    • स्वास्थ्य पेज

  • १ बैशाख २०८०, शुक्रबार

नेपालगन्ज: स्वास्थ्य बीमा बोर्डले एक करोड १५ लाख ८१ हजारमा ७५२ वटा मोबाइल खरिद गरेको पाइएको छ। बोर्डले बीमा दर्ता सहयोगीलाई वितरण गर्न मोबाइल खरिद गरेको हो।

बोर्डले काठमाडौं उपत्याकामा बीमा कार्यक्रम लागू गरी दर्ता सहयोगीलाई उपलब्ध गराउन भन्दै ७५२ वटा सामसुङका मोबाइल खरिद गरेको जनाएको छ। बोर्डले खरिद गरेका ती मोबाइल वितरण नगरी थन्काएर राखिएको छ।

महालेखा परीक्षकको कार्यालयले बोर्डले खरिद गरेको मोबाइलका विषयमा प्रश्न उठाएको छ। कार्यालयले उपयोग नहुने गरी खरिद गर्ने कार्यमा नियन्त्रण गर्न पनि सुझाव दिएको छ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावी २०७७ को नियम ३९ र ४१ अनुसार सामानको मौज्दात गरी खरिद गर्न नहुने व्यवस्था छ। तर बोर्डले उक्त व्यवस्था विपरित मोबाइल खरिद गरेर थन्काएर राखेको छ।

  • १ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech