आज एकैदिन कोरोना संक्रमितको संख्या सय नाघ्यो, ४४४ जना सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • २७ चैत्र २०७९, सोमबार

नेपालगन्ज: एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार  २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टीजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइशोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जनालाई राखिएको छ ।

यस्तै ४ जनाको भन्टेलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।सोमबार मात्रै २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

  • २७ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech