नेपालगन्जमा कोभिड १९ विरुद्धको बुस्टर खोप लगाउन सुरु

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७९, बुधबार

तस्बिर:फाइल

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा आज कोभिड १९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । २३ वटै स्वास्थ्य संस्थाबाट फाइजर बाइभ्यालेन्ट खोप दिन सुरु गरिएको हो ।

कोभिड १९ विरुद्धको पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिला पुगेकोलाई पहिलो बुस्टर र पहिलो बुस्टर मात्रा पूरा गरेको ६ महिना पुगेकोलाई दोस्रो बुस्टर दिन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले बताउनुभयो ।

५५ बर्ष माथिका पहिलो बुस्टर लिन बाँकी रहेकालाई पहिलो बुस्टर मात्रा, स्वास्थ्यकर्मीहरु, १२ बर्ष माथिका दीर्घ रोगीहरु, गर्भवती र रोगको प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई पनि पहिलो बुस्टर मात्रा तथा यदि उल्लेखित लक्षित समूहले पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएको छ भने दोस्रो बुस्टर डोज लगाइने बस्नेतले जानकारी दिनुभयो ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech