नेपालगन्जमा भोलि कोभिड विरुद्धको बुस्टर खोप लगाइने

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७९, मंगलवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा भोलि (बुधवार) कोभिड १९ विरुद्धको बुस्टर खोप लगाइँदैछ । २३ वटै स्वास्थ्य संस्थाबाट फाइजर बाइभ्यालेन्ट खोप दिन लागिएको हो ।

कोभिड १९ विरुद्धको पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिला पुगेकोलाई पहिलो बुस्टर र पहिलो बुस्टर मात्रा पूरा गरेको ६ महिना पुगेकोलाई दोस्रो बुस्टर दिने स्वास्थ्य कार्यालय बाँकेको पत्र बमोजिम भोलि खोप लगाउन थालिएको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।

५५ बर्ष माथिका पहिलो बुस्टर लिन बाँकी रहेकालाई पहिलो बुस्टर मात्रा, स्वास्थ्यकर्मीहरु, १२ बर्ष माथिका दीर्घ रोगीहरु, गर्भवती र रोगको प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई पनि पहिलो बुस्टर मात्रा तथा यदि उल्लेखित लक्षित समूहले पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएको छ भने दोस्रो बुस्टर डोज लगाइने बस्नेतले जानकारी दिनुभयो ।

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech