कोरोना सङ्क्रमण पुष्टि भए आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७९, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको लक्षण देखिने बित्तिकै परीक्षण गराई सङ्क्रमण पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

पानीमा भिजेको, चिसो खाएको र धुलोमा गएको भनेर बहाना नबनाउन आग्रह गर्दै मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गरी पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८० जनामा नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको परीक्षणमा ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech