महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाइयो

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०७९, सोमबार

नेपालगन्जः गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाएको पाइएको छ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाएका हुन्।

यस्तो कार्य गरेको पाइएपछि गाउँपालिकाले सूचना जारी गर्दै मानव स्वास्थ्यमा दीर्घकालिन असर पर्न सक्ने भन्दै सो कार्य रोक्न निर्देशन दिएको छ।

आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech