डा विकास देवकोटा र डा टंक बाराकोटी १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०७९, सोमबार

नेपालगन्जः सरकारले डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीका अनुसार मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा देवकोटा र डा बाराकोटीलाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषदले निर्णय गरे पनि उनीहरुले अहिलेसम्म पत्र भने बुझिसकेका छैनन्। मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिनु भएको थियो । तीमध्ये बढुवा समितिले डा देवकोटा, डा बाराकोटी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।

१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत रहनु भएको छ भने डा बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत हुनुहुन्छ ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech