नेपालगन्जः खाना पकाउने ग्यास लिक भएपछि आगलागीमा पर्नु भएका कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
भण्डारीको साथमा रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार उहाँको अनुहारमा छाला राम्रोसँग पलाएको छ। कान्सेलिङ डाक्टर सुनिल मनोहर केश्वानीले अनुहारमा छाला राम्रोसँग पलाउन थालेकाले सर्जरी गर्न नपर्ने बताउनुभयो ।
यस्तै ग्राफ्ट गरेको छालाले राम्रोसँग काम गरिरहेको भए पनि पूर्ण रुपमा निको हुन भने केही समय लाग्ने चिकित्सक केश्वानीले बताउनुभएको छ। अर्को हप्ता भने सम्पूर्ण ग्राफ्ट गरिएको छालाको मूल्यांकन गरिनेछ।
यस्तै फिजियोथेरापीमा पनि क्रमिक सुधार भइरहेको बताइएको छ। नेता भण्डारी बिना सहायता केही समयका लागि बस्न थाल्नु भएको छ।