नयाँ मेडिकल कलेज खोल्ने सरकारको तयारी

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७९, सोमबार

नेपालगन्जः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी अस्पतालहरुको स्तरोन्नती गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (९न्याम्स) अन्तर्गत नयाँ मेडिकल कलेजहरु खोल्ने तयारी भइरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारी अस्पतालहरूको स्तरोन्नति गरी न्याम्स्अन्तर्गत नयाँ मेडिकल कलेजहरू खोल्न अत्यन्त तीव्रतासाथ गृहकार्य भइरहेको बताउनुभयो ।

न्याम्स अन्तर्गत हाल चिकित्सा शिक्षा अन्तर्गत विशेषज्ञ तह र त्योभन्दा माथिको अध्यापन हुँदै आइरहेको छ। न्याम्सलाई चिकित्सा शिक्षाको छाता विश्वविद्यालयका रुपमा अगाडि बढाउने विषयमा लामो समयदेखि छलफल हुँदै आइरहेको छ।

संसदमा प्रधानमन्त्री दाहालले कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ, गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न मन्त्रिपरिषद्बाट अवधारणापत्र स्वीकृत भई प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिनुभयो ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech