थपुवामा गरिएको स्वास्थ्य शिविरमा झन्डै दुई सयले सेवा लिए

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७९, शनिबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका-२० स्थित श्री जय जनता माबि थपुवामा आज एक दिने नि:शुल्क प्राथमिक स्वास्थ्य उपचार शिविरको आयोजना गरिएको छ ।

छाना कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा लाइफलाइन जनरल हस्पिटल, हस्पिटल लाइन नेपालगन्ज सहयोगमा आयोजना गरिएको शिविरमा झन्डै दुई सय नागरिकले सेवा लिएका छन् ।

शिविरमा सुगर जांँच र मुटुका बिरामीको ईसिजी सेवा नि:शुल्क प्रदान गरिएको थियो । त्यसैगरी बिरामीलाई औषधि पनि नि:शुल्क प्रदान गरिएको छ ।

फिजिसियन डा. पारस श्रेष्ठ र डा. क्रिस्टिना श्रेष्ठको टिमले बिरामीको स्वास्थ्य चेकजाँच गरेको थियो । `शिविरमा १ सय ९६ जनाले प्रत्येक्ष सेवा लिनुभयो डा.श्रेष्ठले भन्नुभयो-`उपचारको पहुँचमा नभएका नागरिकलाई घरदैलोमा गरिएको शिविरले ठूलो राहत दियो ।´

  • ४ चैत्र २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech