निःशुल्क उपचारबारे छैन जानकारी

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७९, शनिबार

नेपालगन्जः सरकारले १५ वर्षमुनिका बालबालिकामा मुटुरोग देखिए निः शुल्क उपचारको व्यवस्था गरेको छ । यो उमेर समूहभित्रका बालबालिकामा देखिने मुटुका जस्तो पनि रोगको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ ।

सरकारले १५ वर्षमुनिका प्रत्येक बालबालिकालाई मुटुको निः शुल्क उपचार गराउँदै आएको भएपनि यसबारे जानकारी नहुँदा आर्थिक अवस्था कमजोर रहेका धेरैले आफ्ना बालबालिकालाई उपचारका लागि अस्पताल लैजाने गरेका छैनन् । लगे पनि निकै ढिलो मात्र पुर्‍याउने गरेका छन् ।

मुटुसम्बन्धी विभिन्न समस्या भएका अधिकांश बालबालिका गम्भीर अवस्थामा मात्रै अस्पताल ल्याउने गरेको देखिन्छ । जसका कारण उपचारपछि पनि जटिल समस्या आउने जोखिम अत्यधिक हुन्छ ।

चिकित्सकका अनुसार समयमै अस्पताल पुग्ने बालबालिकाको संख्या न्यून छ । गम्भीर समस्या देखिएपछि मात्र अधिकांशले आफ्ना बालबालिकालाई उपचारका लागि अस्पताल पुर्‍याउने गरेका छन् ।

चिकित्सकका अनुसार सबै रोगको लक्षण सुरुवातमै देखिँदैनन् । रोगको जटिलताअनुसार दिन, केही साता वा केही वर्षपछि पनि रोगका लक्षण देखिन सक्छन् ।

यसकारण पनि जन्मिएको केही समयमै शल्यक्रिया गर्नुपर्ने शिशु बढी प्रभावित हुने गरेका छन् । खासगरी दुर्गम भेकका बिरामीमा यस्तो समस्या बढी देखिन्छ । गर्भवतीको परीक्षणसमेत पर्याप्त नहुने भएकाले समस्या थपिएको छ ।

  • ४ चैत्र २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech