धुवाँले निस्सासिएर महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७९, शुक्रबार

घोराहीः दाङमा धुवाँले निस्सासिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ का ४० वर्षीया पार्वती घर्ती रहेको प्रहरीले जनाएको छ ।

पाताले छाएको एक कोठे घरमा बिहिवार राती सुतेको अवस्थामा आगलागी हुँदा धुवाँले निस्सासिएर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभयो । मृतकको शरीरमा भने कतै जलेको घाउखत छैन ।

प्रहरी निरिक्षक केसीका अनुसार चुरोट खाएर फालेको ठुटाले सिरक वा डसनामा आगो सल्किएर कोठामा धुवाँ भरिएको थियो । सो क्रममा ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।

शुक्रबार बिहान स्थानीयले धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घरमा एक्लै बस्दै आएको बताइएको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech