नेपालगन्जः जन्मदै बाङ्गो खुट्टा भएको एक बच्चाको गुल्मी जिल्ला अस्पतलामा सफल उपचार भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाडागाउँ निवासी लक्ष्मण पाण्डेको ५ महिनाको बच्चाको सफल उपचार भएको हो ।
अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. प्रदीप शिवाकोटीले आफू गुल्ली जिल्लामा आएपछि यस्तो खालको बिरामी पहिलोपटक देखेको र सफल उपचार पनि गरेको बताउनुभयो ।
पाण्डे परिवार बच्चाको उपचारको लागि काठमाडौं जाने तयारीमा थियो । एकपटक जिल्ला अस्पतालमा देखाउने निर्णय गर्नुभएको छ । यसको उपचार जिल्लामै सम्भव हुने डा. शिवाकोटीले बताउनुभयो । उहाँले सुरुमा व्यायाम र प्लास्टर राखेर उपचार थाले ।
तर सामान्य बच्चाको जस्तो खुट्टा नभएपछि अपरेसन गरेको डा. शिवाकोटीले बताउनुभयो । ‘पाँचवटा प्लास्टर लगाउँदा पनि खुट्टा नर्मल बच्चाको जस्तो नभएपछि अपरेसन गरियो,’ डा. शिवाकोटीले भन्नुभयो–‘बच्चाको बाङ्गो खुट्टो अहिले सामान्य बच्चाको जस्तो ठिक भएको छ ।’