लाइसेन्स लिएर निष्क्रिय औषधि उद्योग खोज्दै विभाग

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७९, सोमबार
काठमाडौं: औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उद्योग स्थापनाको सिफारिस लिएर उद्योग संचालन नगर्नेलाई कारबाही गर्ने भएको छ। विभागले एक सूचना जारी गर्दै  उद्योग स्थापना सिफारिस प्राप्त गरेका तर संचालनमा नरहेका उद्योगहरुले  उद्योग संचालन गर्न नसकेको यथेष्ट कारणसहित निवेदन दिन भनेको छ। अन्यथा त्यस्ता उद्योगलाई कानूनी कारबाही गर्ने विभागले जनाएको छ।  

हालसम्म  १९६ औषधि उद्योगहरु दर्ता भएपनि  संचालनमा रहेका उद्योगको संख्या न्यून देखिएको विभागले जनाएको छ।साथै विभागले आयुर्वेद औषधि उद्योगको प्रोफाइल तयार पार्ने भएको छ।  सका लागि विभागमा दर्ता भएका  आयुर्वेद औषधि उद्योगहरुले आफ्नो विवरण ३५ दिनभित्र  उपलब्ध गराउन विभागले आग्रह गरेको छ।

स्वदेशी/विदेशी उद्योगहरुले आ-आफ्ना उत्पादनहरु  ३५  दिन भित्रमा अनिवार्य रुपमा डिएएमएसमा प्रविष्ट गर्न पनि विभागले आग्रह गरेको छ।

सम्पूर्ण आयुर्वेद औषधि उद्योगहरुको लागि अत्यन्त जरुरी सूचना (२०७९/११/१८)

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech