अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने आँखा अस्पतालको योजना

    • स्वास्थ्य पेज

  • २८ फाल्गुन २०७९, आईतवार

नेपालगन्जः फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने जनाएको छ । नेपाल नेत्र ज्योति संघ बाँके शाखाको शनिवार सम्पन्न २९ औं जिल्ला सभामा अस्पतालले थप विशेषज्ञता सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

नेपाल नेत्र ज्योति संघ बाँकेद्धारा ३६ वर्ष अघि स्थापित अस्पतालले अन्धोपन निवारणका लागि उपचार लगायत सेवा प्रदान गर्दै आएको छ । जिल्ला सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव शान्ति श्रेष्ठले अहिले सम्म २५ लाख बढीलाई सेवा प्रदान गरिएको भन्दै भावी कार्यक्रम र योजना बारे पनि जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतन कुमार टण्डनले भौतिक विकासँगै समयसापेक्ष चिकित्सा सेवापनि विस्तार गरिने विश्वास दिलाउनु भयो ।

अस्पतालका प्रबन्ध निर्देशक डा.कौशल कुमार बर्माले अन्धोपन न्यूनीकरणका लागि निवारणात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवालाई सँगै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अस्पतालले सर्जीकल रेटिना, कर्नीया, ग्लुकोमा लगायतका सेवा शुरु गर्ने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अस्पतालले सम्वद्ध निकाय र स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा थप सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आँखा अस्पतालसँगको सहकार्यमा उपमहानगरपालिकमा निशुल्क आँखा शिविर शुरु गरिएको भन्दै थप प्रभावकारी बनाइने बताउनुभयो । सभामा नेपाल रेडक्रस सोसाइटी शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, दानवीर जयकेश सिंह, काँग्रेस बाँके सचिव सुधान्शु कोइराला, नेकपा माओवादी केन्द्रका प्रतिनिधि पे्रम शाह लगायतले अस्पतालको सेवा, प्रगतीको प्रशंसा गर्नु भएको थियो । अस्पतालका लेखा अधिकृत जीत बहादुर थारुद्धारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य केशवराम बर्माले गर्नु भएको थियो ।

  • २८ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech