कोहलपुरको झण्डहवामा रक्तदान

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७९, शुक्रबार

कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका–९ स्थित आधारभूत स्वास्थ्य चौकीमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जेभि फाउण्डेसन नेपाल राष्ट्रिय समिति लुम्विनीको आयोजनामा सुरु भएको रक्तदान कार्यक्रमको वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले रक्तदान गरेर उद्घाटन गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशीक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोग र आधारभूत स्वास्थ्य चौकी झन्डहवाको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रगत अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको रामशरण थारुले जानकारी दिनुभयो ।

जेभि फाउण्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रम मानवीय सेवाका निमित्त अत्यन्तै उपयोगीपूर्ण रहेको वडा अध्यक्ष योगीले बताउनुभयो । उहाँले रक्तदान गरेर कमजोर भइन्छ भन्ने मानसिकता त्याग्न सबैलाई आव्हान गर्नुभयो । रगत दिएर अरुको ज्यान जोगिन्छ भने यो जस्तो मानवीय सेवा अरु हुन नसक्ने उहाँको भनाइ छ । श्रीरामनवमीको अवसरमा आयोजित रक्तदानमा २२ जनाले रक्तदान गरेका थिए ।

  • २६ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech