नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ४५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४४ अर्ब ४५ करोड ७१ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो।
स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा पाएको बजेटभन्दा ३५ प्रतिशत कम बजेटको सिलिङ पाएको हो। बजेटको सिलिङ स्वाट्टै घटेर आएपछि स्वास्थ्यका कर्मचारीहरु नयाँ कार्यक्रमहरु बनाउन समस्या पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।